नियम ४
अभियोजन सम्बन्धी सूचना माग गर्दा निवेदन दिने
(१) पीडितले आफू पीडित भएको मुद्दामा ऐनको दफा ८ बमोजिमको अभियोजन सम्बन्धी सूचना माग गर्दा अभियोजन गर्ने निकाय वा अधिकारी समक्ष अनुसूची-४ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ।
(२) (उपनियम (१) बमोजिम निवेदन परेमा अभियोजन गर्ने निकाय वा अधिकारीले यथाशीघ्र निवेदकलाई अनुसूची-५ बमोजिमको ढाँचामा सूचना दिनु पर्नेछ।
(२) (उपनियम (१) बमोजिम निवेदन परेमा अभियोजन गर्ने निकाय वा अधिकारीले यथाशीघ्र निवेदकलाई अनुसूची-५ बमोजिमको ढाँचामा सूचना दिनु पर्नेछ।